• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कोरोना भाइरसका कारण राजनीतिक दलका पूर्वनिर्धारित कार्यक्रम स्थगित

  •   आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् ।

    नेताले भेटघाट कम गर्नुभएको छ भने कोरोनाबाट बच्ने उपाय अपनाउनुभएको छ । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहनुभएको छ । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गर्नुभएको छ । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्नुहुन्छ नभए भेटघाट पूरै बन्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

    सल्लाहकार थापाले पहिला जस्तो दौडधूप गर्नुहुन्न तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्नुहुन्छ । उहाँ आफैँ स्वास्थ्य उपचारपछि आराममा हुनुहुन्छ । त्यसैले उहाँ स्वास्थ्यप्रति सचेत हुनु स्वाभाविक हो झन् कोरोनाको सङ्क्रमणका कारण सचेत रहने कुरा भई नै हाल्यो भन्नुभयो । प्रम ओली कोरोनाप्रति आफू सचेत हुनुहुन्छ र अरूलाई सचेत रहन सल्लाह दिनुहुन्छ । शनिबार उहाँले कोरोनाको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गर्नुभएको थापाले जानकारी दिनुभयो ।नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किनुभएको छैन । उहाँ ‘सेल्फ क्वारेन्टाइन’मा हुनुहुन्छ । नेता तथा कार्यकर्तासँग कम भेटघाट गर्नुभएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गर्नुभएको छ । त्यस्तै कुनै जरुरी भेटघाट छन् भने मात्र भेटघाट गर्नुहुन्छ नत्र उहाँ आफैँ कोरोनाप्रति सचेत भएर बस्नुभएको छ ।

    सल्लाहकार सापकोटाका अनुसार प्रचण्डले मास्क लगाउनुका साथै स्यानिटाइजर प्रयोग गर्नुहुन्छ । भेटघाट गर्न आउनेलाई पनि कोरोनाबाट सचेत र सजग रहन सल्लाह दिएर पठाउनुहुन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गर्नुभएको छ । तीन दिनदेखि उहाँ घरमै हुनुहुन्छ । कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्नुहुन्छ नत्र भेटघाट बन्द नै गर्नुभएको छ । उहाँका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उहाँ सचेत हुनुभएको छ ।

    उहाँले आफ्ना कार्यकर्ता तथा नागरिकलाई पनि सजग र सचेत रहन सुझाव दिने गर्नुभएको स्वकीय सचिव देउवाले बताउनुभयो । कोरोनासँग एकजुट भएर लड्नुपर्ने सभापति देउवाको जोड रहेको उहाँले बताउनुभयो । सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनदेखि नेता तथा कार्यकतासँग भेटघाट गर्न छाड्नुभएको छ । तीन÷चार दिनदेखि घरबाट ननिस्कनुभएका नेता पौडेलले कोरोनाबाट बच्ने उपाय सचेत र सजग हुनु रहेको बताउनुभयो ।

    जनता सचेत भए भने कोरोनालाई सजिलै जित्न सकिने उहाँले बताउनुभयो । उहाँले आफू कोरोना भाइरसको सङ्क्रमणप्रति पूरै सचेत र सजग रहेको र अरूलाई पनि सुझाव दिनेगरेको जानकारी दिनुभयो । हालै स्वास्थ्य उपचार गराएर घर फर्किनुभएका समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निकै सचेत हुनुहुन्छ । उहाँ स्यानिटाइजर गोजीमै बोकेर हिँड्नुहुन्छ ।

    समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेका अनुसार अध्यक्ष भट्टराई अहिले पूर्ण स्वस्थ हुनुहुन्छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले राजनीतिक भेटघाटका लागि कसैलाई कुनै समय दिनुभएको छैन ।

    उहाँले मैले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेको छु, घरमै बसेको छु तर कोही मान्छे सोध्दै नसोधी सीधै घरमा आउँदा फर्काउन नसकेर भेट्ने गरेको छु त्यसबाहेक अरू केही गतिविधि गरेको छैन भन्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.