• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हवाई भाडा घट्यो, कहाँ कति घट्याे ?

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ हवाई भाडादर नौ सय रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगम (एनओसी)ले आइतबार रातिदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँ घटाएको हो । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य घटेपछि हवाई भाडादर पनि गन्तव्यअनुसार सय रुपैयाँदेखि नौ सय रुपैयाँसम्म घटेको वायुसेवा सञ्चालक संघले जनाएको छ । घटेको हवाई भाडा २७ गतेदेखि लागू हुने संघको भनाइ छ ।

    संघले हवाई इन्धनको मूल्य घटाएर कोभिड महामारीले थलिएको उड्डयन व्यवसायलाई बचाउन माग गर्दै आइरहेको थियो । काठमाडौंबाट धनगढीसम्मको हवाई भाडादर सबैभन्दा धेरै प्रतियात्रु आठ सय ८५ रुपैयाँ घटेको छ । यस्तै, काठमाडौंबाट नजिकको गन्तव्य बाराको सिमरामा प्रतियात्रु भाडादर एक सय ८० रुपैयाँ घटेको छ । काठमाडौंबाट प्रतियात्रु हवाई भाडादर झापाको भद्रपुरमा ६ सय, विराटनगरमा चार सय ८४, जनकपुरमा दुई सय ६०, भरतपुरमा दुई सय १५, पोखरामा तीन सय २०, भैरहवामा चार सय १०, नेपालगन्जमा ६ सय ५५, तुम्लिङटार तीन सय ७०, सुर्खेत ६ सय ९०, राजविराज चार सय ११ रुपैयाँले घटेको संघले जनाएको छ ।

    यस्तै, वायुसेवा कम्पनीले काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा प्रतियात्रु भाडादर ६ सय ८५ रुपैयाँ घटाएका छन् । वायुसेवा कम्पनीहरूले इन्धनको मूल्यमा हवाई भाडा र एयरपोर्ट ट्याक्स जोडेर टिकटको कुल भाडादर तोक्ने गर्छन् । आन्तरिक उडानका यात्रुहरूले पाँच सय रुपैयाँसम्म एयरपोर्ट ट्याक्स तिर्नुपर्ने हुन्छ । पछिल्लो समय हवाई इन्धनको मूल्य चर्किएपछि हवाई भाडा पनि अत्यधिक महँगो भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि आयल निगमले मूल्य घटाउन आनकानी गर्दै आइरहेको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्धनको मूल्य घटाएर नागरिकलाई राहत दिन निर्देशन दिएपछि आयल निगमले हवाई इन्धनसँगै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको छ । काठमाडौंबाट मात्र नभएर पोखरा, विराटनगर र नेपालगन्जलाई पनि बेस बनाएर उडान हुने गर्छन् । पोखराबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, जोमसोमलगायत गन्तव्यमा उडान हुन्छ भने नेपालगन्जबाट हुम्ला, जुम्ला, सिमिकोटलगायत दुर्गम क्षेत्रका गन्तव्यमा उडान हुने गर्छ । ती क्षेत्रबाट हुने उडानहरूमा पनि हवाई भाडादर घटेको संघले जनाएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.