• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जना संक्रमित थपिंदै

  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।   जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना संक्रमित थपिन थालेका छन् । यही साउन २१ गते देखि आज सम्म जिल्लामा २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसलाई हेर्दा दैनिक सरदर १४ पर्न आउँदछ । अहिले सम्म संक्रमितको संख्या ३ सय ८५ पुगेको छ ।

    भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन ९ गते सम्म जिल्लामा १ सय १६ जनामा संक्रमण देखिएको थियो । साउन १० गते देखि २१ गते सम्म यहाँ संक्रमण देखिएको थिएन । पछिल्लो २० दिनको समयमा कोरोना संक्रमण दर निकै वढेको पौडेल बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार संक्रमित मध्ये १ सय २६ जना कोरोना निको भई सकेको छ । १ सय ७६ जनामा कोरोना रोगको लक्ष्यण देखिएको थिएन । जिल्लामा भेटिएका संक्रमित मध्ये ६३ जनामा मात्र लक्ष्यण देखा परेको छ ।

    हाल सक्रिय संक्रमित २ सय ५४ जना रहेका छन् । उनीहरु मध्ये १८ जनाको सघन उपचार कक्षमा उपचार भईरहेको प्रशासनले जनाएको छ । उचित तरिकाले मास्क लगाउने, भिडभाड नगर्ने, व्यक्ति व्यक्तिबीच दुरी कायम गर्ने, केही छोए पछि साबुन पानी वा स्यानीटाइजरले राम्रोसँग हात धोए कोरोनाबाट जोगिन सकिने प्रशासनले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई संक्रमित र अन्य सबै बिरामीहरुले सहज उपचार पाउने व्यवस्था मिलाउनका लागि सरकारी र निजी क्षेत्रका अस्पतालहरुको बिचमा समन्वय गर्न संयन्त्र निर्माण भई काम सुरु गरिसकीएको बताउनुहुन्छ । लक्ष्यण नदेखिएका संक्रमितहरुलाई स्थानीय तहको आईसोलेसनमा राख्ने व्यवस्था मिलाईएको छ । उहाँले भन्नुभयो “संक्रमण रोकथामका लागि स्थानीय तह, वडा तथा टोल सुधार समितिको क्रियाशिलता अझै बढि आबश्यक छ ।”

    भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । संकलित स्वाब मध्ये १५ देखि २० प्रतिशतमा कोरोना देखिने गरेको उहाँले बताउनुभयो । कोरोना नियन्त्रणका लागि जिल्लामा हाल निषेधाज्ञा जारी गरिएको छ । भदौ १२ गते राती १२ वजे सम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    “निषेधाज्ञाका क्रममा आबश्यक सामाग्री खरिदका लागि छुट्याईएको समयमा मानिसहरुको अस्वभाबिक भिडले अझ जटिलता थपेको छ” उहाँले भन्नुभयो । सुरुवाती समयमा बाहिरबाट आएका बिरामी र कामदार, सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्ति उच्च जोखिम समूहमा राखिएको भए पनि अहिले कतै यात्रा नगरेका व्यक्तिहरुमा संक्रमण देखिनुले जोखिम समूह एकिन गर्न कठिन भएको उहाँले बताउनुभयो ।

    कोरोनाको जोखिम न्युनिकरणका लागि निषेधाज्ञा गरिए पनि यो दिर्घकालिन समाधान नभएको भन्दै यसको दिर्घकालिन समाधानका लागि नागरिकको व्यवहारमा परिवर्तन आउन जरुरी रहेको भट्टराईको भनाई छ । निषेधाज्ञा तत्कालिन समाधान नभएको भन्दै उहाँले भन्नुभयो“दिर्घकालिन समाधानका लागि कोरोनाको जोखिम नहुने गरी नागरिकको व्यवहारमा परिवर्तन आउन जरुरी छ ।”

    निषेधाज्ञा हेटपछि खुल्ने बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, सपिङ सेन्टर जस्ता भिडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गराउन नसके स्थिती नियन्त्रण बाहिर जानसक्ने भएकाले सबै सचेत हुन समेत प्रशासनले आग्रह गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.