• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एकाएक किन बढ्यो चामलको मूल्य ?

  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । निर्वाचनलगत्तै नेपाली बजारमा चामलको मूल्य उकालो लाग्न थालेको छ । निर्वाचन अघिसम्म सामान्य अवस्थामा रहेको चामलको मूल्य निर्वाचनताका एकाएक प्रतिकिलो २० रुपैयाँ र प्रतिबोरा ५०० रुपैयाँसम्म बढेर बजारमा आएको हो । उद्योगीहरूले बढाएको मूल्यमा चामल पठाएपछि सोही आधारमा उपभोक्तालाई बेचिरहेको खुद्रा व्यापारी बताउँछन् । निर्वाचनभन्दा अघिसम्म ७० रुपैयाँ प्रतिकिलो रहेको पोखरेली चामलको भाउ हाल ९० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

    यसअनुसार २० किलोको बोरामा ४०० र २५ किलोको बोरामा ५०० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । यस्तै, निर्वाचनअघि १२० रुपैयाँ प्रतिकिलो रहेको बासमती चामलको मूल्य हाल १० रुपैयाँ बढेर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । बासमती चामल पनि २० किलोको बोरामा २०० रुपैयाँसम्म मूल्य बढेर आएको छ । यसका साथै, स्टिम सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि, यो चामलको बजार मूल्य ५५ रुपैयाँ प्रतिकिलो थियो । यो चामलको मूल्य २० किलोको बोरामा १०० रुपैयाँ बढेको हो ।

    बजारमा एकाएक चामलको मूल्य बढेसँगै चामलबाट बन्ने वस्तुहरूको मूल्यसमेत उकालो लागेको छ । बजारमा चिउराको मूल्य प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म बढेको छ । नेपाल खुद्रा व्यापार संघले निर्वाचन यता उद्योगबाट पटक–पटक चामलको मूल्य बढेर आएको स्वीकार गरेको छ । संघका महासचिव अमुलकाजी तुलाधारले निर्वाचनअघि र निर्वाचनपछि समेत चामलको मूल्य वृद्धि कायम रहेको बताए । उनले उद्योगहरूले बढेको मूल्यसूचीसहित चामल पठाएकाले सोही आधारमा उपभोक्तालाई बिक्री गरिरहेको बताए ।

    उनले भने, ‘मूल्य बढिरहेको छ । निर्वाचनअघि र पछिसमेत मूल्य बढेर आएको छ । एकैपटक किलोमा २० रुपैयाँसम्म मूल्य बढेर आएपछि बढेकै मूल्यमा बेच्नुप¥यो ।’ खुद्रा व्यापारीहरूले मूल्य बढ्नुमा उद्योगीलाई दोष दिइरहँदा उद्योगीहरू भने भारतमा मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा देखिएको दाबी गर्छन् । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्नको माग बढ्दा भारतमा धानको मूल्य बढेकाले नेपालमा चामलको मूल्य बढ्न थालेको उद्योगीहरूको तर्क छ ।

    उद्योगी सन्दीप अग्रवाल भारतबाट धानको मूल्य बढेर आउँदा नेपाली उद्योगले बढेको मूल्यमा चामल बजारमा पठाएको रातोपाटीलाई बताए । खासगरी, पछिल्लो समय भारतमा धानको मूल्य प्रतिकिलो ७ रुपैयाँसम्म उकालो लागेको छ । नेपाली उद्योगहरूले उत्पादन गर्ने अधिकांश चामल भारतीय धानबाट बन्ने गर्छ । भारतीय बजारमा एक किलो धानमा ७ रुपैयाँसम्म मूल्य बढ्दा १ किलो चामलको मूल्यमा १२ रुपैयाँसम्म फरक पर्छ ।

    ‘भारतमा धानको मूल्य बढ्दा १ किलो चामलमा १२ रुपैयाँसम्म फरक पर्छ,’ अग्रवाल भन्छन्, ‘त्यसमा उद्योगीको नाफा, डिलरको नाफा, थोक व्यापारी र खुद्रा व्यापारीको नाफा जोड्दा झनै महँगिन्छ ।’ नेपालमा हालै धान भित्र्याइए पनि भित्र्याइएको धान उद्योगसम्म पुग्ने समय भइसकेको छैन । यसका लागि अझै केही साता समय लाग्न सक्छ ।

    तर, त्यो समयसम्म चामलको मूल्य बढेर माथि पुगिसक्ने सम्भावना रहेको संघका महासचिव तुलाधरले बताए । बजारमा नयाँ चामल नआएकाले समेत मूल्य बढेको हुन सक्ने उनको भनाइ छ ।

    ५ महिनामा १२ अर्बको धान–चामल आयात

    चालु आर्थिक वर्ष २०७९÷८० को ५ महिनाको अवधिमा भारतबाट १२ अर्बभन्दा बढीको धानचामल भित्रिएको छ । धान र चामलमा भारतीय उत्पादनमा निर्भर नेपाली अर्थतन्त्रमा वार्षिक अर्बौं रुपैयाँ बराबरको आयात हुने गरेको छ । साउनदेखि मंसिरसम्मको अवधिमा भारतबाट ५ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको धान भित्रिएको छ ।

    यसबाहेक, ७ अर्ब रुपैयाँभन्दा बढीको चामल र २८ करोड २६ लाख रुपैयाँभन्दा बढीको कनिका आयात भएको छ । भन्सार विभागले चालु वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल र कनिका भित्रिएको जानकारी दिएको हो ।

    उद्योगी अग्रवालले समेत नेपालमा सञ्चालित चामल उद्योगहरूलाई चाहिने शत प्रतिशत धान भारतबाट आउने गरेको प्रस्ट्याए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.