काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १९ पैसा र बिक्री दर १३० रुपैयाँ ७९ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०३ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ २३ पैसा र बिक्री दर १५८ रुपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।








