चितवन । चितवनमा जारी रेहको निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउन चेकजाँचमा कडाई गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने १०३ महिलासहित ४ सय ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनका अनुसार यो संख्या मंगलबार बिहान ५ बजेदेखि राति ११स्३० बजेसम्मको हो । चितवनको विभिन्न स्थानमा निषेधाज्ञाको उलंघन गर्नेहरुबाट एक लाख ६० हजार ७ सय रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनले २७ जनालाई कारबाही गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले १४७ जनालाई कारबाही गरेको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय टाँडीले एक सयजनालाई कारबाही गरेको थियो ।ईलाका प्रहरी कार्यालय रामनगरले २६ जनालाई कारबाही गरेको थियो । वडा प्रहरी कार्यालय नारायणगढले ३० जनालाई कारबाही गरेको थियो ।ईलाका प्रहरी कार्यालय खैरेनीले ४१ जनालाई कारबाही गरेको थियो ।ईलाका प्रहरी कार्यालय चनौलीले ३ जनालाई कारबाही गरेको थियो । प्रहरी बिट भोजाडले ६ जनालाई कारबाही गरेको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय दिब्यनगरले ६ जनालाई कारबाही गरेको थियो । ईलाका प्रहरी कार्यालय मुग्लिङले १६ जनालाई कारबाही गरेको थियो । गोन्द्राङ प्रहरीले २३ जनालाई कारबाही गरेको थियो । बसपार्क प्रहरीले १३ जनालाई कारबाही गरेको थियो ।








