चितवन । चितवनका २० जनासहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका २० जनासहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा भरतपुर महानगरका १६ जना, रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।










