चितवन । पूर्वीचितवनको रत्ननगरमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका १४ जनामध्य १० जना एकै उद्योगको कामदार तथा कर्मचारी भएको खुलेको छ । रत्ननगर नगरपालिका वडा नम्बर ४ स्थित एक मैदा मिलमा काम गर्ने कामदार तथा कर्मचारी गरि १० जनामा कोरोना संक्रमण देखिएको हो । साउन ३१ गते सोही मिलमा कार्यरत दुईजनामा कोरोना संक्रमण देखिएपछि भदौं ५ गते उक्त मिलमा कार्यरत १ जना कामदार तथा कर्मचारीहरुको स्वाव संकलन गरिएको थियो । स्वाव संकलन गरिएका १४ जनामध्य १० जनामा कोरोना पुष्टि भएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।








