चितवन । सुख्खा पहिरोका कारण बिहानै देखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु भएको छ। सडकमा झरेको पहिरो हटाई बिहान करिब १० बजेदेखि अवरुद्ध सडक सुचारु भएको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै तुईन भिरमा आज बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेका कारण मुग्लिन–नारायणगढ सडक बिहानै देखि अवरुद्ध भएको थियो। तत्काल पहिरो पन्छाएर दुईतर्फी नै सडक सुचारु भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।








