• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

गौतमबुद्ध क्रिकेट रंगशाला दुई वर्षदेखि बिजाेग !

  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । महत्त्वाकांक्षी परियोजनाका रुपमा तीन वर्षअघि चितवनको भरतपुरमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अहिले अलपत्र छ । आर्थिक संकटले रंगशाला निर्माणको काम रोकिएको हो । बनिसकेको केही संरचना पनि अहिले झाडीमा परिणत भएको छ । रंगशाला बनाउँदा लागेको १८ करोड ऋण कसरी चुक्ता गर्ने भन्ने विषय टुंगोमा नपुग्दा काम अघि बढ्न नसकेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने स्रोत जुटाउन कुनै जटिलता नभएको दाबी गर्छिन् ।

    ‘हामिलाई ठूलो चुनौती भनेको ऋण तिर्ने व्यवस्था कसरी गर्ने भन्ने हो । यो कुराको पार नै लागेको छैन’, उनी भन्छिन्, ‘अहिले पनि हामि त्यहि ऋण व्यवस्थापन कसरी गर्ने भनेर खोजिमा लागेका छौँ ।’ रंगशाला निर्माण कार्य र ऋण तिर्ने कुरालाई संगसंगै अघि बढाउन आफुले प्रस्ताव गरेको उनी बताउँछिन् । धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २०७५ माघ १६ गते भरतपुर १५ मा अन्तर्राष्ट्रिय मापदण्डको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो ।

    सम्झौताअनुसार फाउन्डेसनले जनसहयोगबाटै रकम जुटाउने भन्दै चन्दासमेत उठाएको थियो । रंगशाला निर्माणको काम थाल्दा अलग्गै उत्साह देखिएको थियो र काम पनि धमाधम अघि बढ्यो । सुरुमा सहयोगी दाताहरुको चहलपहल बाक्लै देखियो । तर, हरेक दिन कामदारले भरिने रंगशाला निर्माणस्थल अहिले भने सुनसान छ । आर्थिक संकट चुलिएपछि निर्माणको काम रोकिएको दुई वर्ष पुग्न लागिसक्यो । १८ करोड ऋण लागेको भन्दै फाउन्डेसनले काम अघि बढाउन सकेन ।

    सोही ऋणका कारण भरतपुर महानगरले पनि प्रक्रिया अघि बढाउन सकेको छैन । रंगशालाको निर्माण कार्य रोकिनुअघि करिब तीन हजार क्षमताको प्याराफिटसमेत निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणका लागि बनाइएका ठूला ठूला पिलरहरु अहिले अलपत्र छन् । फलाममा खिया लागेर कामै नलाग्ने अवस्था पुग्न लागेका छन् । घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ । निर्माण सामग्रीहरु अलपत्र छन् । यस्तै अवस्था रहे आगामी दिनमा निर्माण प्रक्रियालाई अगाडि बढाउनसमेत चुनौती देखिन्छ ।

    रंगशाला निर्माणको क्रममा स्थानीयस्तरमा निकै चहल–पहल बढेको थियो । खेलप्रेमीहरुमा मात्र होइन, समग्र चितवन र देशवासीमै उत्साहको सञ्चार थियो । अहिले रंगशाला यो अवस्थामा पुग्दा स्थानीय दुःखी छन् । फाउन्डेसनले देखाएको १८ करोड ऋण चुक्ता गर्न अहिले मुख्य समस्या देखिएको हो । यसअघिको सरकारले रंगशालाका लागि २२ करोड रुपैयाँ रकम विनियोजन गरिसकेको छ ।

    त्यसलाई कार्यान्वयनमा समेत लैजान सकिएको छैन । कुल तीन अर्ब खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणमा हालसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको धुर्मुस-सुन्तली फाउन्डेसनको दाबी छ । तर, अहिलेसम्म भौतिक पूर्वाधारको ३५ प्रतिशत काम मात्रै सकिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.