काठमाडौं । सरकारको केन्द्रीय सर्भरमा फेरि समस्या आएको छ। राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीका अनुसार शनिबार साँझ साढे ७ बजेदेखि फेरि सर्भर बन्द भएको हो।
प्राविधिक कारणले समस्या आएको बताइए पनि सर्भरमा गम्भीर समस्या देखिएको ती अधिकारीको भनाइ छ। ‘सर्भरमा ह्याकरहरूले अट्याक गर्ने प्रयास गरेको थियो।
त्यस विषयमा हामी अध्ययन नै गरिरहेका छौं,’ उनले भने। उनले दोस्रोपटक पनि सर्भर डाउन भएपछि गम्भीर समस्या भएको हुनसक्ने आँकलन गरे। केही समयअघि मात्रै करिब पाँच घन्टा बन्द रहेको सर्भर सञ्चालमा आएको थियो। उनले समस्या समाधानका लागि प्राविधिकहरू खटिरहेको बताए।








