काठमाडौं । मनसुनी न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।यसकासाथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली रहेको छ । उक्त प्रणाली विस्तारै पश्चिम हुँदै उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको देखिन्छ । हाल देशका अधिकांश भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न। १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








