• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राजधानीबाट गाउँ फर्किएका सुवीन्द्र कृषि तिर व्यस्त

  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । ग्रामीण क्षेत्रका अधिकांश मानिस सुविधा तथा रोजगारीको खोजीमा गाउँबाट शहर पस्छन् । आफ्नो व्यक्तिगत इच्छा तथा अरुको लहैलहैमा शहर छिरेका कतिपयले शहरमा राम्रै रोजगारी पाएका छन् भने, कतिपयले भोग्नुसम्मको दुःख भोगिरहेका छन् । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित माथिल्लो माल्खुका सुवीन्द्र गिरी लामो समयको काठमाडौँ बसाइपछि आफ्नो गाउँ फर्किएर कृषि पेशा शुरु गरेका छन् । राजधानी काठमाडौँस्थित चावहिलमा टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले रु ३२ लाख लगानी गरेर दूधजन्य परिकार उत्पादन गर्न गाई फार्म, मासुका लागि स्थानीय जातको कुखुरा र टर्की फार्म स्थापना गर्नुभएको हो ।

    हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीबाट ककनी मन्दिर र रक गार्डेन ९ढुङ्गे बगैँचा० जाने बाटोमा उहाँको गाई तथा कुखुरा फार्म अवलोकन गर्न सकिन्छ । “काठमाडौँमा सञ्चालन गरिएको टेलरिङ व्यवसायबाट मेरो कमाइ राम्रै थियो”, उहाँले भन्नुभयो, “आफ्नै गाउँमा कृषि पेशाबाट पनि केहि गर्न सकिन्छ भन्ने लागेर गाउँ फर्किएर गाई फार्म सञ्चालन गरेको हुँ ।”  सुवीन्द्रको आफ्नै दिदी प्रमिला गिरीको सहयोगमा सञ्चालित गाई फार्ममा शुरुको चरणमा काठमाडौँबाट जर्सी र होलिस्टीन जातको छवटा गाई ल्याइएको थियो । गत वर्षबाट सञ्चालनमा ल्याइएको गाई फर्ममा अहिले दूध दिने माउ गाई र बाच्छाबाच्छीसहित ११ गाई रहेका छन् ।

    करीब ४० रोपनी जग्गामा शुरु गरिएको फार्ममा रहेको सात वटा लैनो गाईले दैनिक ४० देखि ४५ लिटर दूध दिने गरेको सुवीन्द्रले बताउनुभयो । “फार्ममा उत्पादित केहि दूध, दही र घ्यू हलेसी बजारमा खपत हुने गरेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पादित दूधलाई बजार अभाव भएको छ ।” फलफूल तथा तरकारी खेतीसमेत लगाइएको सुवीन्द्रको फार्ममा अहिले स्थानीय जातका २०० कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दोस्रो खोरमा ४०० कुखुरा हुर्किरहेका छन् भने, तेस्रो खोरमा २०० चल्ला हुर्कँदैछन् ।

    आधिकारिक रुपमा ‘हलेसी कृषि तथा पशुपालन फार्म’ दर्ता शुरु फार्ममा पालिएका कुखुराबाट सबैभन्दा बढी आम्दानी हुने गरेको सुवीन्द्रको भनाइ छ । “छुट्टाछुट्टै खोर बनाएर राखिएको कुखुरा एउटा खोरबाट बिक्री हुँदै गर्छ, अर्को खोरमा हुर्किरहेको हुन्छ”, उहाँले भन्नुभयो, “अहिले स्थानीय जातका कुखुरा फार्मबाटै प्रति किलोग्राम भाले रु ७०० र पोथी रु ६०० मा बिक्री गर्ने गरिएको छ ।”

    सुवीन्द्रको फार्ममा पालिएको टर्कीको मासु ९खानलाई तयार पारिएको० प्रति केकिलोग्राम रु एक हजारमा बिक्री हुने गरेको जनाइएको छ । उक्त फार्ममा टर्कीको अण्डासमेत उत्पादन गर्ने गरिएको छ । सुवीन्द्रको फार्ममा पालिएका गाईका लागि दाना काठमाडौँ तथा भुस्सा तराईबाट ल्याउने गरिएको छ । हिउँदको समयमा पानीको अभाव हुँदा दूधकोशी नदीबाट ट्याङ्करमा ओसारिएको पानी खुवाउनुपर्ने बाध्यता छ । गाई, कुखुरा, टर्की र तरकारी खेती गर्दै आउनुभएका सुवीन्द्रले बट्टाई र परेवासमेत पाल्ने तयारी गर्नुभएको छ । त्रिधार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एवम् पर्यटकलाई लक्षित गर्दै गाई, कुखुरा र टर्की पालनमा लगानी गरेको उहाँको भनाइ छ ।

    टेलरिङबाट सन्तोषजनक आम्दानी भइरहेको भएपनि ‘गाउँमै केही गरौं’ भन्ने सोचले लगानी गरेको सुवीन्द्रले बताउनुभएको छ । “आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ हो”, उहाँले भन्नुभयो, “काठमाडौँ मै लगानी गर्दा पनि हुन्थ्यो तर, गाउँमै केही गरौँ अरुले पनि सिक्छन् भन्ने मेरो सोच हो ।”  पशु तथा कृषि विज्ञ केन्द्र उदयपुरमार्फत पशु ज्ञान केन्द्र खोटाङबाट गोठ सुधारका लागि रु दुई लाख र वडा कार्यालयले एउटा टनेल उपलब्ध गराएको सुवीन्द्रले बताउनुभयो । फार्म सञ्चालन गरेपछि डेरी सञ्चालनसम्बन्धी कृषि ज्ञान केन्द्र खोटाङमार्फत सातदिने तालीमसमेत लिएको बताउनुभयो ।

    सुवीन्द्रको फार्म भएकै क्षेत्रमा उहाँकै नेतृत्वमा ‘हलेसी सामुदायिक होमस्टे ९घरबास० माल्खु’ समेत सञ्चालनको तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा २२ घर स्थानीय बासिन्दालाई समेटेर हिन्दु संस्कारमा आधारित होमस्टे सञ्चालनको तयारी गरिएको हो

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.