• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । गैँडाकोटमा हुने दोस्रो गै“डाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ को तयारी पूरा भएको छ । यहि माघ २६ गतेदेखी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । आईतबार नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले नव प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

    उहाँले संस्थाको नाममा खेलमैदानको जग्गा प्राप्ती, मैदानको संरक्षणका लागि तटबन्धन लगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी नै रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा उपस्थित गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताउनुभयो । साथै उहाँले प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय रहेको बताउनुभयो । उहाँले नेपाल क्रिकेट संघमा आवद्ध छिमेकी जिल्लाहरुलाई आधार बनाई टिम छनोट गरिएको बताउनुभयो । प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकाश पौडेलले मापदण्ड अनुसार खेलमैदान योग्य रहेको बताउनुभयो । साथै उहाँले दुई वटा पिच निर्माण लगायत खेल मैदानको क्षेत्रफल विस्तारमा जोड दिन सुझाव दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र एवं उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष विष्णुप्रसाद कंडेलले जानकारी दिनुभयो ।

    प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी ८ टिमको सहभागिता रहने प्रतियोगिताका सञ्चार संयोजक एवं आयोजक संस्थाका सचिव नारायण सापकोटाले जानकारी दिनुभयो । ‘स्वास्थ्य एकता र समुन्नतीका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ नवजागरण ग्रामिण विकास केन्द्रको आयोजना, गैँडाकोट नगरपालिकाको प्रवद्र्धन, नवलपुर जिल्ला क्रिकेट संघ, गण्डकी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट संघको समन्वयमा नवजागरण खेलकुद मैदान, गैँडाकोट ९ थुम्सीमा प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, ईमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई ५÷५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ सय, कप तथा मेडल प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक इनाक्षी इन्टरटेन्मेन्ट प्रा.लि. एण्ड सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलिया, प्रायोजक जयश्री फुड्स प्रा.लि. गैँडाकोट र एम्स एब्रोड एजुकेशन भरतपुर रहेका छन् ।

    सह–प्रायोजकमा कर्मा रेष्टुरन्ट एण्ड सेकुवा कर्नर, कालिका रिफाईनरी प्रा.लि., शुभलक्ष्मी सेनेटरी उद्योग, स्मार्ट टेक एग्रो एण्ड बायो इनर्जी प्रा.लि. र नारायणी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर र पर्वतबीच २६ गते ११ बजे प्रतिस्पर्धा हुँदैछ । सोही दिन खेल मैदान नजिक निर्माण गरिएको क्रिकेट प्रशिक्षण केन्द्रको उद्घाटन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता राष्ट्रिय खेलाडीले समेत सहभागिता जनाउने छन् ।

    प्रतियोगिता अवधिभर खेलाडीलाई निःशुल्क खाने बस्ने व्यवस्था मिलाइएको छ । प्रतियोगिता अवधिभर करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.