• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिएको घटना : टोलीद्वारा स्थलगत अध्ययन

  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी क्षेत्रमा चोरीसिकारीले करेन्ट लगाएर गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको छानबिन समितिको टोलीले स्थलगत अध्ययन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा गठन भएको टोलीले सोमबार र मङ्गलबार अध्ययन गरेको छ ।

    छ सदस्यीय टोलीले संरक्षणसँग सम्बन्धित सरोकारवाला, घटनास्थल, स्थानीय बासिन्दासँग पनि छलफल गरेको छ । उपमहानिर्देशक कार्कीले भन्नुभयो, “सुरक्षाका विषयमा केही कमजोरी भएको स्थलगत अध्ययनपछि देखिएको छ, विस्तृत विवरण हामी अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने छाैँ, सुरक्षामा केही कमजोरी भएको निश्चित हो ।” अध्ययन टोलीले घटनाको विषयलाई लिएर सातवटा समूहगत छलफल गरेको छ । घटना स्थलका स्थानीय, त्यस क्षेत्रका नेपाल प्रहरी, सुरक्षार्थ सेना, अन्य समुदायसँग घटनाको विषयमा केन्द्रित रहेर अध्ययन गरिएको टोलीले बताएको छ । घटनास्थल हेर्दा गैँडा मारिएको स्थानबाट तीन किलोमिटर टाढा सेनाको भुताहा पोस्ट, चार सय मिटर टाढा मानवबस्ती रहेको छ ।

    अध्ययन टोलीका अनुसार अघिल्लो दिन सेनाले त्यही स्थानबाट गस्ती गरेको थियो । गैँडा मरेको स्थान सेनाले गस्ती गर्ने बाटो पनि हो । बस्तीनजिकै रहेको मन्दिरबाट बिजुलीको तार ल्याएर गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने देखिएको छ । घटनास्थलबाट चोरीसिकारीले प्रयोग गरेका सामग्रीहरू सुरक्षाकर्मीले बरामद गरेर अनुसन्धान गरिराखेको छ । घटनास्थलको प्रकृति हेर्दा सुरक्षामा चासो देखाएको भए त्यो घटना हुन नसक्ने देखिएको छ, उपमहानिर्देशक कार्कीले भन्नुभयो ।

    टोलीले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका प्रमुखसँंग अलग–अलग र संयुक्त छलफल गरेको छ । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैँडा र अर्को अन्दाजी चार वर्षको भाले बच्चा गैँडा मृत भेटिएका थिए ।

    यही माघ ६ गते दिउँसो फेला परेको गैँडाको पोस्टमार्टम गर्दा करेन्ट लागेर मरेको पुष्टि भएको छ । माउ गैँडाको खाग काटेर लगेको थियो भने बच्चाको सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.