भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा कार्यरत एक कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएको छ। भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर सुरेशकुमार महतोका अनुसार केन्द्र अन्तर्गत भरतपुर शाखाको एक जना प्राविधिकलाई कोरोना देखिएको हो । प्राविधिकलाई कोरोना पुष्टि भएसगै अन्य सबै कर्मचारी होम क्वारेन्टिनमा रहेका छन् । कोरोनाको जोखिम हुँदाहुँदै पनि आइतबारदेखि चितवनका सरकारी कार्यालयले केही समय सेवा दिन थालेका छन् । प्रमुख महतोले आइतबार मात्रै पाँच सय जनाले विद्युत महशुल बुझाएको जानकारी दिए । उनका अनुसार कार्यालयमा आएर विद्युतको महशुल तिर्दा जोखिम झन् बढ्न सक्ने भएकाले घरमै बसेर अनलाइन मार्फत महशुल तिर्नु उचित हो । उनले कार्यालयलको कर्मचारीमा कोरोना पुष्टि भएपछि उच्च स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको बताए । उनले कर्मचारीमा कोरोना पुष्टि भएपनि आफुँहरुले सेबाग्राहिलाई निरन्तर सुबिधा उपलब्ध गराउने हल्कारो समाचार मार्फत जानकारी दिए ।








