काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी (दुवै) को भाउ बढेको छ । हिजोको तुलनामा आज तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार (आज) का लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो (आइतबार) तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । आइतबार ९६ हजार ७ सय रुपैयाँ प्रतितोला थियो । यसैगरी चाँदीको भाउ एकै दिन तोलामा २५ रुपैयाँले बढेको छ । आइतबार १३४० मा स्थिर रहेको चाँदी आज तोलाको १३६५ पुगेको महासंघले जनाएको छ । सुनको भाउ आइतबार पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेको थियो ।








