फाईल फोटो
काठमाडौँ । सरकारले लामो दूरी तथा अन्तरजिल्ला यातायात सेवा असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा.युवराज खतिवडाले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको थियो । तर, आइतबार बसेको बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।








