काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३० रुपैँयाले बढेर एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








