हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा गत साउन २६ गतेबाट लागु भएको निषेधज्ञा गएराति १२ बजेबाट हटाइएको छ । सोमबार जिल्ला प्रशासन कार्यलयमा भएको बैठकले बजार खुकुलो बनाइएको हो । सबैतिरबाट विरोध भएपछि निषेधाज्ञालाई खुकुलो बनाउनका लागि मंगलबारबाट ढाँचा परिवर्तन भएको छ । बैठकले निषेधज्ञालाई खुकुलो गर्ने निर्णय गरेको भएपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २५ सम्म लागु हुनेछ । सरकारी कार्यलय र सार्वजनिक संस्थानका अत्यावश्यक सेवा मात्र खुल्ला रहने छ । बिहान १० देखि ३ बजेसम्म बैंक तथा सहकारी सञ्चालन गर्न पाउने निर्णय गरेको हो । सहकारी संस्थाको हकमा भने बजार क्षेत्रमा रुपैँया संकलन गर्न नपाउने नियम बनाईएको छ । हेटौँडाको ओम भवनमा रहेका बैंक तथा वित्तिय संस्थाले भने रोटेसनको आधारमा आफ्नो बैंक तथा वित्तिय सस्था सञ्चालन गर्नपर्ने छ । एकै भवनमा धेरै स्रंस्था भएको र भिड हुने भएपछि यस्तो नियम बनाईएको हो । होटल तथा रेष्टुरेन्टहरु बन्द रहनेछन तर खाना तथा खाजा प्याकिङ गरेर बिहानको १० बजेसम्म बेच्न खुल्ला गर्न सकिने छ । सार्वजनिक यातायात अर्को सुचना नआएसम्म बन्द रहने छन् । बिहान बजार सञ्चालन भएपनि सबारीसाधन भने रोक लगाईएको छ । दिउँसो १० बजेबाट भने टिफर सञ्चालन गर्न पाईने छ भने लोड सबारीहरु साँझ सातबजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योग तथा कलकारखानाले सकेसम्म उद्योगभित्रै कर्मचारि तथा श्रमिक राख्न पर्ने छ । यदि त्यस्तो सम्भब नभए उचित स्वास्थ्य साबधानि अपनाई घर लाने ल्याउने ब्यबस्था उद्योगले गर्नपर्ने छ । निर्माण कार्यका लागि बाहिरी जिल्लाबाट ल्याउन पुर्ण रोक लाइने छ ।








