चितवन । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले चैत ११ गतेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। चितवनमा जारी रहेको निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउन चेकजाँचमा कडाई गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञाको पालना नगर्ने बिरुद्ध चितबन ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । लकडाउनको पर्वाह नगरी सडकमा मानिसहरु निस्कीएपछि चितबनमा ट्राफिक प्रहरीले थप कडाई गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने विरुद्ध कडारूपमा प्रस्तुत भएको ट्राफिक कार्यालय चितवनले बताएको छ । मंगलबार मात्र ११ महिला र ९३ पुरुष गरि एक सय ४ जनालाई नियन्त्रणमा लिइ कारवाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनका अनुसार यो संख्या मंगलबार बिहान ५ बजेदेखि राति साढे ११ बजेसम्मको हो । चितवनको विभिन्न स्थानमा निषेधाज्ञाको उलंघन गर्नेहरुबाट १० हजार ४ सय रुपैयाँ जरिवाना संकलन भएको छ । साथै निषेधाज्ञा उलंघन गर्ने ७० वटा सवारीहरुबाट ३५ हजार जरिवाना संकलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्नेहरुलाई चितबनको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । स्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको उनले बताए ।








