चितवन । चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका १३ सहित २३ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । भरतपुर महानगरपालिकाको विभिन्न वडाका ६ पुरुष र ४ महिलामा गरि १० जनामा कोरोना पुष्टि भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १ को ४१ बर्षिय एकजना पुरुष , ईच्छाकामना गाउपालिका बडा नम्वर ५ को ३६ बर्षिय पुरुष , राप्ती नगरपालिका वडा नम्बर ४ को ३३ बर्षिय एक महिलामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै नवलपुरको पाँच महिला , तिन पुरुष , दाङ्गको एक महिला र धनुषाको एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
चितवनका १३ सहित २३ जनामा कोरोना संक्रमण पुष्टि
चितवनका १३ सहित २३ जनामा कोरोना संक्रमण पुष्टि
- अ
- अ
- अ








