• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

मञ्जुश्री फाइनान्सका कर्मचारीको मिलोमतोमा सेवाग्राहीको खाताको पैसा गायब !

  •   मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढमा रहेको मञ्जु श्री फाइनान्सले कालिका नगरपालिका–३ का दलबहादुर मगरले लिएको ऋण क्षणभरमै गायब भएको छ । मगरले घरसहितको एक कट्ठा साढे १५ धुर जमिन धितो राखेर १५ लाख रुपैयाँ कर्जा कर्मचारीको मिलेमतो र लापरवाहीले गायब भईएको पाईएको हो । गत पुषमा १५ लाख ऋण स्वीकृत गरिएको मध्ये उनले ऋण वापत जम्मा १ लाख रुपैंया मात्रै पाएका छन । फाइनान्सले गत पुसको अन्त्यतिर उनको ऋण स्वीकृत गरेको थियो। तर ऋण स्वीकृत भएबाट दुई महिनाको अवधिमा उनले फाइनान्सबाट एक लाख रुपैयाँमात्रै प्राप्त गर्न सके। जेठी छोरीलाई सिस्टमिक लुपुस इरिथमाटोसस(एसएलई) नामको जटिल रोग लागेपछि दुवईको रोजगारी छाडेर नेपाल फर्किएका थिए दलबहादुर।

    छोरीको उपचारका लागि कहिले चितवन मेडिकल कलेज, कहिले पुरानो मेडिकल कलेज, कहिले शिक्षण अस्पताल काठमाडौं धाउँदा दुई वर्ष बित्यो। यो अवधिमा उनले कमाएको सबै गुमाए, थप ऋण पनि लाग्यो। लागेको ऋण तिर्ने, छोरीको उपचार गर्ने र बाँकी पैसाले आम्दानी हुने केही इलम गर्ने सोचेर उनी जग्गाको लालपूर्जा झोलामा हालेर रत्ननगरस्थित मञ्जु श्री फाइनान्सको कार्यालय पुगेका थिए। त्यहाँ उनको छिमेकी चुडामणि महतोसँग भेट भयो। सबैकुरा सुनाएपछि चुडामणिले उनलाई नारायणगढको शाखामा आफ्नो साथी रहेकाले त्यहाँबाट सजिलै ऋण पाउने विश्वास दिलाए। ‘बरु ऋण आएपछि मलाई पनि एक–दुई लाख सहयोग गर। मलाई पैसाको खाँचो छ भन्यो।

    छिमेकीले त्यति भनिसकेपछि भइहाल्छ नि, सल्लाह गरौंला भनें,’ दलबहादुरले बताए। चुडामणिको योजनाअनुसार दलबहादुर मञ्जु श्री फाइनान्सको नारायणगढस्थित कार्यालय पुगे। लालपूर्जा देखाए। फाइनान्सका कर्मचारीले उनको घरैमा पुगेर सम्पत्तिको मूल्यांकन गरे। केही दिनमै उनको १५ लाख रुपैयाँ ऋण स्वीकृत भएको थियो। ‘ऋण स्वीकृत भएको दिन मलाई चेक पनि दिए। चेक हातपरेपछि फाइनान्सकी महिला कर्मचारीले एउटा चेकमा हस्ताक्षर गरेर दिनु, यो यहाँको नियम हो भनिन्। मैले नियम त मान्नुपर्‍यो भनेर तत्कालै चेकमा हस्ताक्षर गरेर दिएँ,’ दलबहादुरले बताए। यहीँबाट सुरु भयो दलबहादुरको पैसामाथि अरुको रजाईं।

    भोलिपल्ट साँझ दलबहादुरको मोबाइलमा खातामा १५ लाख रुपैयाँ जम्मा भएको एसएमएस आएको थियो। त्यसको दुई मिनेटमै अर्को म्यासेज आयो। उनको खाताबाट ९ लाख ५५ हजार रुपैयाँ झिकिएको एसएमएस थियो त्यो। उनले अर्को दिन बैंक पुगेर अघिल्लो दिनको एमएमएसबारे बताए। फाइनान्सका कर्मचारीले केही नभनी उनलाई एक लाख रुपैयाँको बिटो थमाए। बुझ्दै जाँदा बल्ल उनले थाहा पाए महिला कर्मचारीले लिएको चेकबाट चुडामणिले ९ लाख ५५ हजार रुपैयाँ झिकेर लगिसकेका रहेछन्।

    ‘मैले त्यतिखेरै मेरो पैसा किन अरुलाई दिइयो भनेर शाखा प्रबन्धकलाई सोधेको थिएँ। उहाँले तपाईंहरूको सहमति होला भनेर दिइयो। दुई–तीन दिनमा उसले जम्मा गरिहाल्छ भनेपछि छिमेकीसँग किन नराम्रो गर्ने भनेर म निस्किएँ,’ उनले बताए। तर एक महिना बित्दा पनि उनको पैसा फिर्ता आएन। बरु फाइनान्सले ९ लाख ५५ हजार रुपैयाँको व्याज र किस्ता बुझाउन ताकेता गर्‍यो। उनले खातामा बाँकी रहेको रकमबाट कटाउन लगाए। त्यतिखेरसम्म उनको खातामा ५ लाख १४ हजार १५ रुपैयाँ बाँकी थियो।

    त्यो बाँकी रकम निकाल्न फाइनान्स पुग्दा दलबहादुर छाँगाबाट खसेजस्तो भए। उनको खातामा ६७५ रुपैयाँमात्रै थियो। ‘मैले बाँकी रकमबाट व्याज र किस्ता घटाउन भनेको थिएँ फाइनान्सका कर्मचारीले साँवा पनि घटाइदिएछन्,’ उनले भने। भएको के थियो भने गएको शनिबार अनिलकुमार श्रेष्ठको नामबाट दलबहादुरको खातामा ८ लाख १० हजार रुपैयाँ जम्मा भयो। चुडामणि भने एउटा पत्र बोकेर फाइनान्समा पुगे। फाइनान्स प्रमुखलाई लेखिएको उक्त पत्रको विषय थियो, ‘कर्जा चुक्ता गर्ने बारे।’ पत्रमा लेखिएको थियो–‘मैले ऋणी दलबहादुर मगरको नाममा यस वित्तीय संस्थाबाट आवास कर्जा उपभोग गरेको र हाल म चुडामणि महतोले बचत खातामा जम्मा गरिदिएको रकम ८ लाख १० हजारबाट आजसम्मको साँवा र व्याज घटाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’ बैंकले ऋणीसँग एक पटक पनि नसोधी उक्त रकमले साँवा घटाइदियो। मञ्जु श्री फाइनान्समा अब दलबहादुर मगरले २ लाख १२ हजार रुपैयाँ ऋण तिर्नुपर्ने देखिन्छ। ‘मलाई पैसा चाहिएका कारण मेरो घर, जमिन धितो राखेर कर्जा लिएको थिएँ।

    फाइनान्सका कर्मचारीको मिलेमतोमा अन्य व्यक्तिलाई पैसा निकालेर दिइयो। मैले बैंकबाट एक लाख रुपैयाँभन्दा बुझेको छैन तर बैंक भन्छ तैले अब २ लाख १२ हजार बुझाउनुपर्ने छ,’ दलबहादुर भन्छन्, ‘म ठूलो अन्यायमा परें। छोरीको उपचार गरौंला, ऋण तिरौंला, कुनै व्यवसाय सुरु गरौंला भनेर कर्जा लिएको फाइनान्सले बिचल्ली बनायो।’ फाइनान्सले दिएको स्टेटमेन्टले दलबहादुरले भनेका कारोबार रकमहरुको पुष्टि गर्छ। तर हामी पुग्दा फाइनान्सका शाखा प्रबन्धक अभय मुडबरी भेटिएनन्।

    निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कर्मचारी ज्ञानप्रसाद पौडेलले मुडबरी चैत ६ गतेसम्मका लागि बिदामा रहेको बताए। दलबहादुर मगरसँग हस्ताक्षर गरिएको खाली चेक माग्ने कर्मचारी पनि बिदामा रहेको पौडेलले बताए। ‘सम्बन्धित व्यक्तिलाई जानकारी नै नदिई पैसा झिकिएको, खाली चेक मागिएको, ऋण तिरिएको भन्ने कुरा मैले आजमात्रै थाहा पाएँ। यो सामान्य कुरा होइन। मेरो स्तरबाट यस विषयमा केही गर्न मिल्दैन,’ पौडेलले भने, ‘प्रमुख आएपछि यो विषय जानकारी गराउँछौं।’ जमानी बसेको व्यक्तिले पत्र लेखेर साँवा, व्याज घटाउनु भने पछि कर्मचारीले घटाइदिएको हुनसक्ने उनले बताए। पौडेलले शाखा प्रमुख मुडबरी र चेक लिने कर्मचारीलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको बताए।

    चुडामणि महतो पनि अहिले सम्पर्कमा छैनन्। ‘आइतबार पैसा जम्मा गरिदिन्छु भनेर गएका थिए, साँवा घटाउने पत्रसहित पैसा बुझाएछन्। त्यसपछि भेट भएको छैन। मेरो फोन पनि उठाएका छैनन्,’ दलबहादुरले भने।

     

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.