काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।








