चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्ष ९आइसीयू०मा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज (शुक्रबार) दिउँसो १ः४४ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलाको बिहीबार राति मात्रै डा।शितल अधिकारी र डा।दयाराम लम्सालको टिमले प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि ती महिला भदौं ११ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।








