हेटौंडा ।हेटौंडा–७ न्यूरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा शनिबार बृक्षारोपण भएको छ । मन्दिरका अध्यक्ष कृष्ण घिमिरेको आतिथ्यता एवं समाजसेवी सुबोध रिमालको संयोजनमा मन्दिर परिसरमा बृक्षारोपण भएको हो । बृक्षारोपणसंगै मन्दिर वरपर सरसफाई समेत गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका अगुवा र युवाहरुको सहभागिता रहेको थियो ।








