चितवन । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब समुहका नेता अनिल शर्मा विरहीलाई प्रहरीले पनः पक्राउ गरेको छ । विरहीलाई आज दिउँसो भरतपुर अस्पतालबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार बैशाख २३ गते उपचारमा आएका क्रममा पुरमनो मेडिकल कलेजबाट पक्राउ पर्नुभएका विरहीलाई भरतपुर अस्पतालले डिस्चार्ज गरे संगै पुनः पक्राउ गरिएको हो । उहाँलाई चितवनले राज्यविरुद्धको कसुरमा पक्राउ गरि जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले विरहीलाई जेठ १८ गते साधारण तारेखमा छोड्न आदेश दिएको थियो । आदेश पछि विरही उपचारका क्रममा रहनु भएको थियो । विरहीलाई आजै धनुषा पठाईने प्रबक्ता थापाले जानकारी दिनुभयो । थापाका अनुसार धनुषा जिल्ला अदालतमा विरही विरुद्ध ज्यानमार्ने उद्योग, विस्फोटक पदार्थ र संगठित अपराध अपराधको मुद्धा रहेको छ ।








