काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सुन प्रतितोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








