• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

मुद्दा फर्छ्याैटमा सर्वोच्चको प्राथमिकता

  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।   सर्वोच्च अदालतले मुद्दा फर्छ्याैटलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । अदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी लगत रहेको मुद्दामा सात हजार सात सय मुद्दा फर्छ्याैट भइसकेको छ । “अहिले प्रतिइजलास करिब चार हजार मुद्दा पर्ने अवस्था छ तर चालु आर्थिक वर्षमा प्रतिइजलास करिब नौ सयका दरले मुद्दा फर्छ्याैट भएका छन्”, सर्वोच्च अदालतका प्रवक्त विमल पौडेलले भन्नुभयो, “यो सङ्ख्या आफैँमा उल्लेख्य ठूलो हो यद्यपि सर्वोच्च अदालतमा भएको मुद्दाको चापको अवस्था हेर्दा उपलब्धि पनि गौण बन्न पुगेको छ ।”

    अदालतका अनुसार अब २८ हजार आठ सय ५२ मुद्दा फर्छ्याैट हुन बाँकी छन् । “नेपालको संविधानअनुसार २१ जना न्यायाधीश हुनुपर्ने व्यवस्था छ तर विगत छ महिनादेखि १६ जना न्यायाधीशले मात्र काम गरिरहनुभएको छ”, प्रवक्ता पौडेलले भन्नुभयो, “न्यायाधीशको कमी, बजेट, स्रोत र साधनको कमी भए पनि मुद्दा फर्छ्याैटको कामलाई भने प्राथमिकता राखिएको छ ।” सर्वोच्च अदालतमा एक वर्षदेखि कामु प्रधानन्यायाधीशले काम गरिरहनुभएको छ ।

    प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया र सर्वोच्च अदालतमा रिक्त न्यायाधीश प्रक्रिया तत्काल गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन । मुद्दाको चाप बढ्दै जाने तर न्यायाधीश, स्रोत र साधनको कमीले गर्दा पनि अदालतले सोचेअनुरुप काम गर्न नसकेको प्रवक्ता पौडेलको भनाइ छ । अदालतमा २०६३ र २०६४ सालमा दर्ता भई विचाराधीन रहेका दुई थान मुद्दा फर्छ्याैट भइसकेका छन् । अब सबैभन्दा पुरानामा मुद्दा २०६५ सालमा दर्ता भएका दुई थान बाँकी छन् । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा चार हजार पाँच सय ३० थान छन् ।

    कूल छ हजार तीन सय ४३ मुद्दा रहेकामा एक हजार आठ सय १३ मुद्दा फर्छ्याैट भइसकेका छन् । त्यस्तै, दुई वर्ष नाघेका १६ हजार आठ सय ३८ मुद्दा छन् । कूल २१ हजार एक सय ६२ मुद्दा रहेकामा चार हजार तीन सय २४ थान मुद्दा फर्छ्याैट भइरहेका छन् । अदालतमा पेसी व्यवस्थापन फाँटमा रहेका मुद्दा सङ्ख्याको अनुपात हेरी सबै फाँटलाई पेसीको कोटा निर्धारण गरिएको छ । सर्वोच्च अदालतमा ४२ वटा मुद्दाका फाँट छन् । अदालतमा कम्तीमा ६ महिनाभित्र कम्तीमा एउटा पेसी तारेख पाउने गरी व्यवस्थापन गरिएको छ ।

    पुराना मुद्दालाई बढीमा दुई महिनाभित्र पेसी तारेख तोकिने व्यवस्था गरिएको छ । इजलास गठन प्रक्रिया गोला प्रक्रियाद्वारा हुने गरेको छ । “दैनिक पेसी सूचीको निर्धारण गोला प्रक्रियाबाट हुन्छ”, प्रवक्ता पौडेलले भन्नुभयो, “एकदम पुराना, राष्ट्रिय महत्व र शीघ्र फर्छ्याैट गर्नुपर्ने मुद्दा हेर्न नमिल्ने इजसालमा नपरोस् भनेर हेर्न मिल्ने न्यायाधीशहरुको बीचमा मात्रै गोला प्रक्रियामार्फत सुनुवाइ गर्ने गरिएको छ ।” अदालतमा पाँच वर्ष नाघेका मुद्दालाई प्राथमिकता दिएको प्रवक्ता पौडेलको भनाइ छ ।

    “एकपटक पेसी पाएको मुद्दा छ महिना नकटाउने गरी काम भइरहेको छ, पाँच वर्ष नाघेका मुद्दाको हकमा भने दुई महिनाभन्दा पछाडि पेसी जाँदैन”, उहाँले भन्नुभयो । सर्वोच्च अदालतमा दैनिकजसो मुद्दाको चाप बढ्दै गइरहेको भए पनि भौतिक पूर्वाधार अवस्था भने दयनीय भएको उहाँको भनाइ छ । करिब १०–१५ हजार मुद्दाको लगत मात्र व्यवस्थापन गर्न सकिने क्षेत्रफलमा करिब ४० हजार मुद्दाको व्यवस्थापन गर्नुपर्ने काम चुनौतीपूर्ण भएको उहाँले बताउनुभयो ।

    “मिसिल सुरक्षित राख्न सक्ने ठाउँ छैन, कोठाभित्र मिसिल राख्न पर्याप्त स्थान नभएपछि कोरिडोरमा मिसिल राख्नुपरेको छ”, प्रवक्ता पौडेलले सर्वोच्च अदालतको भौतिक अवस्थाबारे जानकारी गराउँदै थप्नुभयो, “कर्मचारी बस्नका लागि पर्याप्त स्थान समेत छैन, यस्तो अवस्थामा काम गर्ने वातावरण पनि सहज बनाउन सकिएको छैन ।” सर्वोच्च अदालतमा मुद्दाको चाप बढ्दै गएपछि सेवाग्राही हिँड्ने बाटोमा मिसिलका दराज, कार्यकक्षमा पनि मिसिल जताजतै राखिएको छ । सर्वोच्च अदालतको नयाँ भवन निर्माणका लागि अझै एक वर्ष जति लाग्ने देखिएको छ ।

    उक्त भवन नबनाउँदासम्म पर्याप्त ठाउँको समेत अभाव देखिएको हो । —

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.