• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

  •   बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

    विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गहुँको गर्मी सहनसक्ने जातको विकास, चिलापिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ छ । करिब छ दशकअघिसम्म शिक्षाको कमी हुँदा अग्र्यानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्ने गरेको बताउँदै उहाँले अहिले बर्सेनि आयात बढ्नुले कहाँ कमजोरी भएको हो पत्ता लगाउनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आयात गर्ने अवस्थामा कसरी पुगियो । त्रुटि कहाँ छ भन्ने अब शिक्षित वैज्ञानिकले खोज्नु पर्नेछ ।”

    सातवटै प्रदेशमा यस विश्वविद्यालयले आङ्गिक क्याम्पस बिस्तार गरेको बताउँदै उहाँले आगामी दिनमा अझै सुधार हुने विश्वास व्यक्त गर्नुभयो । दीक्षित भएका विद्यार्थीको अबको बाटो भनेको दशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिने रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “आफूले सिकेको ज्ञान, सीप कृषकसमक्ष बाँड्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” विसं २०६७ देखि कृषि सङ्काय, पशुचिकित्सा, मत्स्यचिकित्सा एवं वन सङ्कायमा दक्षजनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विश्वविद्यालयले कृषि अनुसन्धान र प्रसारलाई आत्मसात् गरेको उहाँले बताउनुभयो ।

    कृषि उत्पादनमा देखिएको समस्या चुनौतीलाई विश्वविद्यालयले आवश्यकता महसुस गरी समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको स्वामित्व विवाद समाधान भइसकेको र कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । समायोजनमा आएका कर्मचारीको विस्तृत छलफलबाट समाधान खोजिने उहाँको भनाइ छ । समारोहमा भारतका डा वाइएस पारमर विश्वविद्यालयका उपकुलपति (भाइचान्सलर) प्रा डा राजेश्वरसिंह चण्डाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।

    विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२÷७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५÷७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थी दीक्षित गरिएको सो अवसरमा जानकारी दिइएको थियो । स्नातक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशु चिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ गरी सात सय ३२ जना दीक्षित भएका हुन् ।

    स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ जना र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ जना र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ जना विद्यार्थी दीक्षित भएको उपकुलपति रेग्मीले जानकारी दिनुभयो । दीक्षान्त समारोहमा तीनवटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वाेत्कृष्ट अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक एक जनालाई कुलपति पदक प्रदान गरिएको छ ।

    विसं २०६९ देखि सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधि कार्यक्रममा १४ जना विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.