चितवन । मिर्गौला पीडित असहाय संरक्षण केन्द्रका संस्थापक अध्यक्ष भतपुर महानगरपालिकाका स्थायी बासिन्दा सुनिल कुमार क्षेत्रीले मृर्गौला पीडितलाई सहयोग गर्नुभएको छ ।
बिहीबार काठमाडौ स्थित शिक्षण अस्पतालमा उपचारार्थ एक मृर्गौला पीडितलाई दशहजार सहयोग गर्नुभएको हो । दशहजार सहयोग पछि प्रतिकृया दिदैं पीडितले आफु मिर्गौलाको बिरामी भएर लामो समय देखि हेमो डायलाइसिस गरिरहेको र उपचार पद्धति खर्चिलो भएको भन्दै थप सहयोगको अपेक्षा गर्नुभयो ।
उहांँले आफूसंग थप उपचारको लागि रकम नभएको भन्दै स्वदेश तथा बिदेशमा रहनुहुने परोपकारी मनमार्फत सहयोग गर्न अनुरोध गर्नुभयो । सहयोगी मनहरु मिर्गौला पीडित संरक्षण केन्द्र मार्फत वा उहांँलाई सिधै सम्पर्क गरेर सहयोग गर्नुहुनेछ ।








