तनहुँ । देवघाट गाउँपालिका कार्यालयले आज पहिलो सेवाग्राहीलाई मास्क प्रदान गरि १७ औं निजामती सेवा दिवस मनाएको छ। स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धी र सुशासन भन्ने मुल नाराका साथ निजामती कर्मचारीहरुले विभिन्न कार्यक्रम गरि सम्बन्धित कार्यालयमै यो दिवस मनाएका हुन। निजामती सेवा दिवसको अवसरमा विगतमा विभिन्न रचनात्मक कार्यक्रम गरि मनाएका निजामती कर्मचारीले यस वर्ष भने कोरोना कहरको कारण कार्यालय सरसफाई, अन्तरक्रिया र पहिलो आउने सेवाग्राहीलाई सम्मान गरि मनाएको छन । सबै स्थानीय तहले पनि निजामती सेवा दिवसको अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरि मनाएका छन् । देवघाट गाउँपालिकाले भने कार्यालयमा पहिलो आउने सेवाग्राहीलाई मास्क प्रदान गरि यो दिवस मनाएको छ । अहिले कोरोना कहरबाट बच्ने उपाय भनेकै सबैले अनिवार्य मास्क लगाउनु पर्ने भएको हुँदा सेवाग्राहीलाई मास्क उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । कार्यालयमा पहिलो आउने सेवाग्राही शुकबहादुर राना र उनकी श्रीमतीलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले मास्क प्रदान गर्नु भएको थियो ।








