काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २८७जना उपचारपछि डिस्चार्ज भएका छन् । ६८ प्रतिशत संक्रमित निको भएका छन् ।








