चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेको अवस्थामा दुर्लभ एक सिंगे गैंडा मृत गैंडा फेला परेको छ । नारायणी नदीको टापु लौखानी पारी रातोपानी घोल भन्ने स्थानमा अन्दाजी २० वर्ष जतिको गैंडा मृत फेला परेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । भदौ २१ गते नै मृत गैंडा भेटिए पनि मंगलबार मात्रै निकुञ्जले सार्वजनिक गरेको हो । गैंडा टाउकोमा दुईवटा गोली लागेको अवस्थामा भेटिएको बरालले बताए। यो वर्ष चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मरेका छन्।








