नवलपुर । आन्तरिक राजस्व कार्यालय नवलपुरमा करदाताको सङ्ख्या बढ्दो छ । चालु आर्थिक वर्ष २०७६/७७ मा मात्र व्यक्तिगत र व्यावसायिक पान नम्बर लिनेको सङ्ख्या २६ हजार ४५२ पुगेको कर कार्यालय नवलपुरले जनाएको छ ।
व्यक्तिगत पान नं लिनेसमेत चार हजार १२ जना पुगेको कार्यालयले जनाएको छ । मदिराको इजाजत लिने र मूल्य अभिवृद्धि करमा दर्ता हुने क्रमसमेत बढ्दो रहेको कार्यालय प्रमुख अमृत अधिकारीले बताए ।आर्थिक वर्ष २०७५/७६ मा यस कार्यालयबाट रु ५२ करोड ९६ लाख ८१ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्ष २०७६÷७७ को फागुन मसान्तसम्म रु ४९ करोड ३० लाख २४ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सरकारले व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिको विवरण चुस्तदुरुस्त बनाउनका लागि जेठ १५ गतेदेखि पान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।








