• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा विसं यही वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक श्री डा महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ ।

    रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिनुभएको छ । विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मनुभएका डा पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पु¥याउनुभएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ ।

    यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे विसं २०५७, वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट विसं २०५८, वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ विसं २०५९ वरिष्ठ समालोचक श्री यदुनाथ खनाल विसं २०६०, वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित विसं २०६१, वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा विसं २०६२, वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई विसं २०६३, वरिष्ठ कवि श्री मोहन कोइराला विसं २०६४, वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी विसं २०६५, वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान विसं २०६६, वरिष्ठ कवि श्री वैरागी काइँला विसं २०६७, वरिष्ठ कवि श्री धर्मराज थापा विसं २०६८, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी विसं २०६९, वरिष्ठ चित्रकार श्री शशि शाह विसं २०७०, वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (विसं २०७१, वरिष्ठ सङ्गीतकार श्री अम्बर गुरुङ विसं २०७२, वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री विसं २०७३, वरिष्ठ समालोचक प्रा डा तारानाथ शर्मा विसं २०७४, वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान विसं २०७५, वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ २०७६, वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतम विसं २०७७, वरिष्ठ लोकगायक श्री कुमार बस्नेत विसं २०७८ र वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाईं विसं २०७९ लाई प्रदान गरेको छ ।

    त्यसैगरी प्रज्ञा–प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी विसं २०५७, साहित्यकार श्री विनय रावल विसं २०५८, नाटककार श्री अशेष मल्ल विसं २०५९, गजलकार श्री ज्ञानुवाकर पौडेल विसं २०६०, साहित्यकार श्री मञ्जुल विसं २०६१, कथाकार श्री मधुवन पौडेल विसं २०६२, कवि श्री विष्णुविभु घिमिरे विसं २०६३, कवि श्री कृष्णभूषण बल विसं २०६४, कथाकार श्री भुवन ढुङ्गाना विसं २०६५, कथाकार श्री सनत रेग्मी विसं २०६६, कवि श्री विजय बजिमय विसं २०६७, समालोचक डा रामदयाल राकेश विसं २०६८, कथाकार डा वेञ्जु शर्मा विसं २०६९, चित्रकार श्री किरण मानन्धर विसं २०७०, कलाकार श्री नीर शाह विसं २०७१, गायक श्री दीप श्रेष्ठ विसं २०७२, साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ विसं २०७३, साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली विसं २०७४ गायक श्री भक्तराज आचार्य विसं २०७५, कलाकार श्री हरिवंश आचार्य विसं २०७६, साहित्यकार सरुभक्त (विसं २०७७, गायिका श्रीमती मीरा राणा विसं २०७८ र कलाकार श्री थानबहादुर रावल विसं २०७९ लाई प्रदान गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.