• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ ।

    विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ । विभागको तथ्याङ्कअनुसार समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ०४ र निर्यातको हिस्सा आठ दशमलव ९६ प्रतिशत बराबर रहेको छ ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले रू छ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । अर्थात् यो अवधिमा नेपालले भारतबाट रू सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा रू ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो । अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले रू एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ । अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट रू एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा रू ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो । संयुक्त अरब इमिरेट्स (युएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ ।

    यो अवधिमा नेपालले युएईबाट रू २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा रू ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ । त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट रू १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने रू १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ । नौ महिना अवधिमा नेपालले सबैभन्दा धेरै रू एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र रू ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ ।

    रू ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ । नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ । चैत मसान्तसम्ममा रू ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ । त्यस्तो अप्रशोधित तेल रू ३० अर्ब र अप्रशोधित पाम तेल रू २२ अर्ब बराबरको आयात भएको देखिन्छ ।

    चैत मसान्तसम्ममा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा पनि पामतेल र सोयाबिन तेल देखिन्छ । यो अवधिमा रू नौ अर्ब दुई करोड बराबरको पामतेल र रू आठ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल भारत निर्यात भएको छ । बढी निर्यात हुने वस्तुमा अलैँची तेस्रो नम्बरमा छ । यो अवधिसम्ममा नेपालले रू छ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.