चितवन । चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ परिक्षण प्रयोगशालामा बुधवार गरिएको परिक्षणमा चितवनका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका १३ र रत्ननगरका १ जना गरि थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महा नगरपालिकाका वडा नम्बर १० , ५ , ७ ,९ , ११ र १८ का रहेका छन् । ती मध्ये ७ जना पुरुष र ६ जना महिला छन् । संक्रमीत महिलाहरुको उमेर २१ बर्ष देखि ५२ बर्ष रहेको छ भने पुरुषहरु २३ बर्ष देखि ७० बर्ष उमेर समुहका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेज , पुष्पान्जली अस्पताल , बिपि कोइराला क्यान्सर अस्पताल र क्वारेन्टिन वाट स्वाब संकलन गरिएको जनाइएको छ ।









