• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

गैंडा मरेपछि थपियो निकुञ्जमा चुनौती

  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । झण्डै चार वर्ष पछि तस्करले गैंडा मरेको अनुमान संगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैंडा भेटियो । पाँच दिन अघि भदौ १६ गते वन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजी पछि गैंडा शंङ्कास्पद अबस्थामा भेटिएको थियो । निकुञ्जले गैंडाको टाउकोमा २ वटा प्वाल र पछाडीको भागमा धारिलो हतियार प्रयोग गरेको अबस्थामा भेटिएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले भेटिएको गैंडा गलेको अबस्थामा रहेको वताउनु भयो । वन्दुकको आवाज आएकै दिन गैंडा मरेको मृत शरिरको प्रकृतिले देखिएको छ । टाउकोमा गोली लागेको निकुञ्जका अधिकारीहरुले अनुमान लगाएका छन् । तर तस्करले खाग र खुरकै लागि गैंडा मार्ने भएपनि ती दुबै सुरक्षित रहेको वरालको भनाई छ । घटना शंङ्कास्पद भए संगै निकुञ्ज थप रणनितिका साथ अनुसन्धानमा अघि वढेको छ । यस अघि बि। सं। २०७३ चैत २६ गते राप्ती वेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायीक वनमा गैंडा तस्करले मारेका थिए । त्यस यता प्राकृतिक कारणबाट मात्र गैंडा मरेको वरालको भनाई छ । वराल तस्करले नै गंैडा मारेको हुनसक्ने वताउँनु हुन्छ । उनीहरु तस्कर समूह भएको भन्दै निस्तेज पार्ने रणनितीमा लागेका छन् । वराल छुटेका कैदी बन्दी र फरार अभियुक्त निकुञ्ज सुरक्षाको चुनौती रहेको स्विकार्नु हुन्छ । गएको वैशाख यता मात्र भरतपुर कारागारबाट गंैडा तस्करीको अभियोगमा २३ जना कैद भुक्तान गरेर छुटेका छन् । कारागार प्रमुख कमल प्रसाद काफ्लेका अनुसार त्यही मुद्धाका आउँदो चैत सम्ममा ४ जना, २०७८ मा ६ जना, २०७९ मा १० जना र २०८० मा ४ जना छुट्दै छन् । कोही भने कारागार भित्रको जिम्मेवारीको आधारमा छिटो छुट्न सक्छन् । हाल कारागारमा सो अभियोगमा ६८ जना छन् । पाँच वर्ष भित्रमा आधा भन्दा वढि छुट्ने काफ्ले बताउनुहुन्छ । यस मुद्धामा अधिकतम सजाय १५ वर्ष कैद र १० लाख जरिवाना वा दुबै हुने व्यवस्था छ । कारागार रहेकाहरु मध्ये २२ जना चेपाङ मात्र छन् । कारागारमा भएका सबै भन्दा वढि चितवनका ४५ जना, नवलपरासीका १२ जना, मकवानपुरका १० जना र पर्साका १ जना छन् । एक महिला वाहेक अरु सबै पुरुष हुन् । वरालले अहिले छुटेका कतिपय पहिले तस्करीमा निकै लागेकाहरु भएको जानकारी दिनुभयो । संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका एक सय जना भन्दा वढि छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्र संगै पोखरा, काठमाडौं लगाएतका ठाउँका हुन् । अरु मुद्धाको समेत गरेर यो संख्या १ सय ५० भन्दा वढि छ । तिनीहरुको खोजीमा पनि सुरक्षाका सबै तह लागेको उहाँको भनाई छ । यस संगै कोभिड १९ को मौका छोपेर तस्कर सकृय भएको अनुमान छ । निकुञ्जमा शशस्त्र द्धन्द्धको समयमा एकै वर्ष ३८ वटा सम्म गैंडा तस्करले मारेको तथ्याङक छ । त्यतिवेला वि। सं। २०५८ देखि २०६३ सम्म तस्करले १ सय ६ गैंडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सन १९९५ मा चोरि शिकारबाट एउटा गैंडा मारिएको थियो । त्यस यता हाल सम्म तस्करले मारेको प्रमाणीत भएका गैंडाको संख्या १ सय ७६ पुगेको छ । पछिल्लो वर्षहरुमा प्राकृतिक कारणले गंैडा मरे पनि तस्करले मार्न पाएका थिएनन् । निकुञ्जका सूचना अधिकारी अशोक कुमार रामका अनुसार आर्थीक वर्ष २०७५÷०७६ मा प्राकृतिक कारणले सबैभन्दा धेरै ४३ गैंडा मरेका थिए । अन्य वर्षमा प्राकृतिक कारणले सरदर २५ गैंडा मर्ने गरेको उहाँको भनाई छ । अहिले निकुञ्जले साइकल, मोटरसाईकल, गाडी, पैदल, हात्ती, डुङ्गा, मोटरवोटबाट गस्ति गर्दै आएको छ । अफ्ठ्यारो ठाउँमा कुकुर र ड्रोन पनि प्रयोगका लागि तयारी गरिएको छ । निकुञ्जमा हाल ४६ सुरक्षा पोष्ट छन् । शंङकास्पद ठाउँमा एम्बुस गस्ति गरिने रामले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निकुञ्जले थप रणनितीका साथ सुरक्षा गस्ती वढाईरहेको छ । मध्यवर्तीका समुह संग सहकार्य गरि युवा चोरी शिकार नियन्त्रण समुहहरु पनि सकृय वनाईदै छ । निकुञ्जमा यसै वर्ष गैंडा गणना गरिदै छ । यस अघि सन २०१५ सालमा गरिएको गणनामा नेपालमा रहेका ६ सय ४५ मध्ये ६ सय ५ गैंडा यसै निकुञ्जमा रहेका थिए । निकुञ्ज सुरक्षामा नेपाली सेनाको वटुकदल गण खटिएको छ । वि.संं. २००७ साल तिर यस निकुञ्जमा ८ सय हाराहारी गैंडा रहेकोमा वि। सं। २०२० मा यो संख्या घटेर १ सयमा झरेको थियो । त्यस यता क्रमश गैंडाको संख्या वढ्दै आएको हो । विश्वमानै एक सिंङ्गे गैंडा दुर्लभ मानिन्छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.