काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३५ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ४४८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार १० जना रहेका छन् । होम आइशोलेशनमा ६ हजार ४३८ रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ८०६ रहेका छन् । आज ११ हजार १४४ जनाको पिसिआर परिक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।








