काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।








