• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

आठ वर्ष उठेरै जीवन समाप्त भयो सुन्दरमालाको

  •   शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अजंगको शरीरलाई सधैं उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगतमा आरामका लागि प्रायः सुत्नु नै पर्छ त्यो पनि भुईमा लम्पसार परेर । तर चितवन राष्ट्रिय निकुञ्जको एउटा अजंगको हात्ती सुन्दरमाला आठ वर्ष उठेरै बितायो । जब भुईमा लड्यो उसले आफ्नै जीवन नै समाप्त ग¥यो । निकुञ्जको सौराहास्थित हात्तीसारमा रहेको सुन्दरमाला नामक हात्ती विगत आठ वर्षदेखि कहिल्यै भुईमा सुतेन । उसलाई निधाउनु परेमा आफैलाई बाँधेको खबारी (खाँबो) को साहारामा आडा लगाएर निधाउने गथ्र्यो । तर गत २१ गते जब ऊ भुईमा लम्पसार प¥यो, जीवनको अन्त्य पनि त्यही बेला भयो । सो हात्तीको नौ वर्ष यता रेखदेख गर्दै आउनु भएकी फनित मिना महत्तो सात/आठ वर्ष अघि एक दिन बसिरहेको बेला जंगली हात्ती ‘जिरे’ले हाने देखि मृत्यु भएको दिनसम्म हात्ती नबसेको बताउनुहुन्छ । उठ्दा उठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महत्तोले भन्नुभयो “धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त ग¥यो ।” मृत्यु हुनु तीन दिन अघिसम्म हात्ती आहाराका लागि जंगल जाने गरेको उहाँले बताउनुभयो । बि.सं.२००२ सालमा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याईएको हो । महत्तो भन्नुहुन्छ “बडामहारानी, राजा रानी चढ्ने हात्ती हो रे यो ।” निकै ज्ञानी भएकाले राज परिवारले मन पराएको भन्ने आफूले सुनेको उहाँले जानकारी दिनुभयो । पोथी हात्ती सुन्दरमालाले लामो समय निकुञ्ज सुरक्षामा खटिएको भए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन । निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा। विजय श्रेष्ठ कुनै कुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार हात्तीको तौल ४ हजार किलो हाराहारीको हुने गर्दछ । उहाँले भन्नुभयो “शरीर कम्जोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।” आफू बसेको बेला जंगली हात्तीले आक्रमण गरेकाले बस्दा फेरी आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आँकलन गरिएको छ । निकुञ्जका विभिन्न ठाउँमा ५८ वटा हात्ती रहेका छन् । विगतमा पर्यटकलाई घुमाउन समेत प्रयोग हुने गरेका हात्तीहरु पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारीसाधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकोले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाईन्छ । निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा जन्मिएका छावालाई यही तालिम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ । शुरुवाती दिनमा भने भारत लगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याईएको हो । भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्ने गर्दछ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरेर कुची तयार पारेर खुवाईन्छ भने घाँसे मैदान र जंगलमा चराउन पनि लगिन्छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.