चितवन । पहिरोका कारण अबरुद्ध नारायणगढ मुग्लिङ सडक खण्ड दुईतर्फि सञ्चालनमा आएको छ । आज बिहान १०ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । अहिले भने बाटो दुईतर्फि सञ्चालनमा आएको प्रहरी कार्यालय चितवनले जनाएको छ । शुक्रवार बिहान ८ः १० बजे नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित जलबिरे नजिक पहिरो खसेको थियो ।








