चितवन । चितवनमा एकैदिन १३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत १३ जना प्रहरीमा कोभिड १९ पुष्टि भएको हो । १४ जनाको स्वाव परिक्षणको रिपोर्ट आउँदा १३ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए । यसअघि त्यहाँ कार्यरत कार्यालय प्रमुख सहित चार जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि त्यहाँ कार्यरत अन्य प्रहरीको स्वाव संकलन गरि परिक्षण गरिएको थियो ।








