काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो। शुक्रबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ८ सयले बढेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ।
शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो।








