चितवन । पूर्वीचितवनको रत्ननगर १ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यी सहकारी संस्थाले मलमा कालोबजारी गरेको भन्दै संस्थाका चारजनालाई कारबाही गरिएको छ । कालोबजारी गरेको आरोपमा पक्राउ परेका संस्थाका व्यवस्थापक तथा खरिद बिक्री उपसमितीका ३ जना पदाधिकारीलाई जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
कालोबजारी मुद्धामा पक्राउ परेका संस्थाका बिनोद अधिकारी , रामकृष्ण तिम्सिना , मायानाथ अर्याल र निर्मला घिमिरेलाई जिल्ला प्रशासन कार्यालय चितवनले जनही १० हजार रुपैयाँ जरिवाना तोकेको हो । जनही १० हजार जरिवाना र संस्थामा रहेको ५१ बोरा मल जफत गर्ने आदेश भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले समावेशी खबरलाई जानकारी दिए । त्यस्तै संस्थालाई कारबाहीको लागि रत्ननगर नगरपालिकामा लेखी पठाउने आदेश भएको छ ।








