• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

हिंसा प्रभावितलाई समानुभुतिको आवश्यकता

  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । विभिन्न हिंसामा परि कष्ठपुर्ण जीवन भोगाई र लामो संघर्ष गर्न बाध्य प्रभावित महिला दिदीबहिनीले आफुहरुलाई समानुभुतिको आवश्यकता भएको बताएका छन् ।

    आदर्श नारी विकास केन्द्रले संस्था स्थापनाको ३२ बर्ष प्रवेशको अवसरमा न्याय पश्चात आत्मनिर्भर बनि समाजमा स्थापित बनेका प्रभावित महिलाहरुसंग गरेको अनुभव साटासाट “आदर्शलाई फर्केर हेर्दा” कार्यक्रममा उनीहरुले समाजबाट आफुहरुलाई सहानुभुति नभई समानुभुतिको खाचो भएको बताएका हन् ।
    कार्यक्रममा आफ्नो अनुभव सुनाउंदै प्रभावित महिलाले पीडामा परेको बेलामा गन्तव्य नभेटिरहेको अवस्थामा आदर्श नारी र मीना दिदी असल संरक्षकको रुपमा पाएको भन्दै हर्षका आसु खसालेका थिए । मलाई छोरी जन्माएको र दाइजो पनि नल्याएको भन्दै मेरै परिवारले कुटपिट गरि घरबाट निकालिदियो , म संग न टेक्ने लौरो थियो न त समाउने हाँगो नै । बस् साथमा एउटा छोरी थियो ।

    २०६७ सालमा आदर्श नारीद्धारा प्रवद्र्धित संस्था आदर्श गृहमा आश्रित बनि समाजमा स्थापित बनेकी महिलाले भनिन् त्यस्तो बेला मलाई आँट साहस हौसला र न्यायका लागि लड्न साथ र हात दिने मीना दिदी र उहाँको संस्था मात्र थियो । मैले उहाँहरुको साथ नपाएको भए आज जीवित पनि हुन्थे कि हुन्थिन झै लाग्छ आफ्नो कहालीलाग्दो भोगाई सम्झदै उनले सुनाइन् ।
    यस्तै कुनै समय आदर्श गृहमा संरक्षित भई शिक्षा र सीपमार्फत आत्मनिर्भर बनेकी अर्की महिलाले आफुलाई आदर्शले नयाँ जीवन दिएको भन्दै आभारी भइन् । मसंग एउटा छोरी थिइ मलाई आफ्नै घरका परिवारले कुटपीट गरि घरबाट निकालिदिए । कहाँ जाने के खाने भन्ने केही थाहा थिएन । छोरी र मेरो इज्जतमा कसैले आँखा नलगाओस् प्रभु भन्दै भगवान्संग प्राथना गर्दै निस्केकी थिए । भगवान्ले सायद मेरो कुरा सुन्नुभएछ भगवान्रुपी मीना दिदीलाई भेट्टाए र कानुनी न्याय प्राप्त पछि अहिले आफै आत्मनिर्भर भएकी छु । अहिले म ससक्त बनी वित्तिय क्षेत्रमा काम गर्छु छोरी पनि पढाएकी छु जीवन सुखि छ । हिजो बोल्न नसक्ने म आज म जस्तै दिदीबहिनीको न्यायका लागि आवाज उठाउन सक्ने भएकी छु ।

    आदर्श गृहमा आश्रित अर्की महिला जो किशोरी अवस्थामा नै जवरजस्तीकरणीको शिकार बनिन् । आदर्श नारी र मीना खरेल लगायतका व्यक्तिले उक्त घटना थाहा पायो र पीडितलाई उद्धार गरि संरक्षण प्रदान गर्यो । सुरुमा मेरो अवस्था निकै नाजुक थियो । मानसिक रुपमा विछिप्त थिए । को संग के बोल्ने केही थाहा थिएन । बाल मस्तिष्कमा नराम्रो असर परेको थियो । संस्थामार्फत मेरो मुद्धा लड्न अधिवक्ता इन्दु कोइरालाले सघाउनुभयो । संस्थामा झन्डै ५ बर्ष बसे ।

    शिक्षा र सिप सिके अहिले म व्यवसाय गरेर बसेकी छु । अपराधी जेलमा छ । तर मैले पाउनुपर्ने क्षतिपुर्ति अझैसम्म पनि राज्यले दिएको छैन । यस विषयमा सम्बन्धीत निकायको ध्यान जाओस् ।
    कार्यक्रममा आप्mनो अनुभव सुनाउंदै बाल अवस्थामा नै जवरजस्ती करणीको शिकार बनेकी अर्की किशोरिले आदर्श नारी र मीना दिदी आफ्नो पीडा पोख्ने सबैभन्दा भरपक्का र विश्वासिलो स्थान भएको बताइन् । म मािथ मेरै छिमेकीले करणी गरेको हो । गाउंकै दिदीमार्फत मीनादिदी भएको ठाउंमा आइपुगे । अपराधी जेलमा छ । मलाई उद्धार परि संरक्षण मात्र गरिएन पढ्ने र सिप सिक्ने मौका पनि मिल्यो । अहिले समाजमा फर्किएकी छु । गाउंकै स्कुलमा पढाउछु तर मलाई त्यो अपराधी जेलबाट छुटेपछि फेरि गिद्दे नजर लाउने त होइन भनेर सधै तर्साइरहन्छ ।

    कार्यक्रममा आफ्नो अनुभव सुनाउने दिदीबहिनीले आफुहरुमा अहिले अन्यायको विरुद्ध लड्ने आँट साहस र हौसला प्रदान भएको, संस्थामा सिकेको शिक्षा र सिपमार्फत आत्मनिर्भर बन्न सकिएको बताएका थिए । भोलीको गन्तन्व्य थाहा नभएको र अभिभावक र संरक्षकको अभावमा भौतारिरहदाँ निस्वास्र्थ रुपमा सेवा प्रदान गरि आफुहरुलाई अव्वल बनाउन भुमिका खेल्ने संस्था र आदर्श अभियानका सदस्यप्रति आभारी थिए ।
    कार्यक्रममा प्रभावित दिदीबहिनीको अनुभव सुनिसकेपछि बोल्दै जिल्ला समन्वय समितीका प्रमुख नारायण अधिकारीले आदर्श नारीलाई फलेको बृक्षको फलको सज्ञा दिनुभयो । यो संस्था र मीना खरेल फलेको बृक्षको फल हो, जसमा लटरम्ब आँप फलेका छन् तर ति सबै समाजमा बर्षाइरहनुभएको छ । उहाँले भन्नुभयो ।

    यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मीना दिदीलाई हिंसाप्रभावित महिला तथा बालबालिकाको आत्मबल बढाउने प्रधानसेनापतिको संज्ञा दिनुभयो । युद्धमा लड्दा जहिले पनि आत्मबल चाहिन्छ उहाँले भन्नुभयो, आत्मबलको प्रधानसेनापतिको जिम्मेबारी मीना दिदीले निर्वाह गर्नुभएको छ ।
    उहाँले गणतन्त्रको १५ बर्ष पुरा हुदाँ पनि राज्य आफैले गर्नुपर्ने काम समाजबाट अपेक्षा गर्नुपरेको उल्लेख गर्नुभयो । महिला तथा बालबालिकाको सवालमा राज्यले दायित्वबोध गर्नुपर्ने थियो तर सामाजिक अभियन्ताको समुह बनाएर गर्नुपर्ने अवस्था छ उहाँले भन्नुभयो ।

    घटनामा पिडित बनेका महिला बालबालिका तथा जेष्ठ नागरिकको मुद्धालाई प्रमुख प्राथमिकतामा राखेर राज्यले नै सम्बोधन गर्नुपर्ने उहाँको जोड थियो ।
    यस्तै जिल्ला न्यायधिबक्ता योगनाथ ढकालले हिंसा प्रभावित महिलाका मुद्धामा सरकारी वकिलको कार्यालयले निशुल्क सहायता कक्षको स्थापना गरि मुद्धा हेर्ने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले मुद्धाका सवालमा कुनै अप्ठ्यारो परे आगामी दिनमा अझ चुस्त रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    यस्तै प्रहरी नायव उपरिक्षक विजय पण्डितले राज्यले अल्पकालिन पुर्नस्थापना गृह बनाउन नसक्दा आदर्श नारी विकास केन्द्र जस्ता संस्था गुहार्न प्रहरी बाध्य भएको बताउनुभयो ।समाजमा अपराध, अनुसन्धान र घटना न्युनिकरण गर्न प्रहरीले सधैभरी सामाजिक अभियन्तासंग हातेमालो गर्ने गरेको बताउनुभयो ।

    महिला तथा बालबालिकाको सवालमा जिल्ला प्रहरी कार्यालयमा आएका घटनालाई सहजीकरण गर्न हामी नै पहिलो फोन मीना दिदी र यस क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्तलाई गर्नुपर्ने अवस्था छ उहाँले भन्नुभयो ।
    कार्यक्रममलाई समापन गर्दै संस्थाका अध्यक्ष मीना खरेलले सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कुनैपनि महिला तथा बालबालिका हिंसामा नपरुन् भनेर सबै सरोकारवाला एक ठाउंमा उभिनुपर्नेमा जोडे दिनुभयो । घटना भइसकेपछि भन्दा घटना हुनै नदिन आफुहरु सचेत बन्नुपर्ने अवस्था आएको र प्रभावितको हौसला बढाउन समानुभुतिको खाँचो भएको उहाले उल्लेख गर्नुभयो ।

    सोही अवसरमा बंगलादेशमा अन्डर १५ साफ च्याम्यिनसिपमा खेलमार्फत देशको नाम उच्च राख्न सफल गृहमा आश्रित छोरी सुशिला भुजेललाई सम्मान गरिएको थियो । यस्तै भुजेललाई प्रोत्साहन गर्दै अध्यक्ष मीना खरेलले आप्mना स्वर्गी माता पिता र बहिनीको नाममा खोलिएको जयभद्र पार्वती विष्णुमाया खरेल प्रतिष्ठानबाट रु ५हजार ५१ रुपैंया नगदले सम्मान गर्नुभएको थियो ।

    महिला तथा वालवालिकाहरु विना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजना गरि उनीहरुमाथिको विभेद, शोषण, दमन र हिंसात्मक गतिविधिहरुको अन्त्य गर्ने लक्ष्य सहित २०४९ सालमा स्थापना भएको आदर्श नारी विकास केन्द्रले संस्था स्थापनाको ३२ बर्षमा प्रवेशको संघारमा छ । यसैगरि विगत ४ बर्षदेखि चितवन जिल्लाका ससस्त्र द्धन्द्धप्रभावित महिलाको सवालमा पनि भोगाई अभिलेखिकरण गर्ने र उनीहरुलाई न्यायीक प्रकृयामा सघाउने काम गरिरहेको छ ।
    यस संस्थाले सुरुआती दिनदेखि नै जोखिम अवस्थामा रहेका लैगिंक हिंसा र बेचविखनमा परेका महिलाहरुको उद्धार, संरक्षण, विकास र सम्मानका लागि सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम संचालन मार्फत उनीहरुलाई आर्थिक शसक्तिकरण साथै हिंसापीडितको न्यायका लागि पैरवी र वकालत गर्र्र्दै आइरहेको छ । स्थापना दिवसको अवसरमा आयोजना गरिएको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ कार्यक्रम आदर्शलाई फर्केर हेर्दा गरिएको हो । संस्थाले आज नै आफ्नो स्थापना दिवस मनाएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.