काठमाडौँ । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । केही दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई अफ्रिकी मुलुक दक्षिण सुडान पुर्याएर फर्किएका उनको स्टार अस्पताल, सानेपामा स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण देखिएपछि हाल उनी सोल्टी होटलको आइसोलेसनमा छन् । उनीसँगै सुडान पुगेका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण देखिएको छ ।








