चितवन । चितवनमा आज (सोमबार) दिउँसो थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४ जना छन् । जसमा दुई जना पुरुष र २ जना महिला छन् । यस्तै कालिका नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबैको पुरानो मेडिकल कलेज र सप्तगण्डकी अस्पतालबाट स्वाब संकलन गरिएको हो ।








