काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








